बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर

मङ्गलबार, २१ माघ २०७६, ०६ : २५
मङ्गलबार, २१ माघ २०७६

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् । 

चीनमा रोकिएका ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताए । सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५–३० सम्म १५ दिनका लागि बन्द गरेको छ । 

चीनसँग व्यापार–व्यवसाय गर्दै आएका नेपालका व्यवसायीहरू अहिले रोकिएका कन्टेनरहरू कुर्दै सीमावार बसेका छन् । ‘६ फेब्रुअरी (माघ २३) सम्म चीनमा अड्किएका सामग्रीहरू आयात खुला हुने जानकारी आएको भए पनि तत्कालको अवस्था हेर्दा यो समय लम्बिन सक्छ,’ पौडेलले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  हिमा वि.क.ले लेखेकी छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप