चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर
कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् ।
चीनमा रोकिएका ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताए । सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५–३० सम्म १५ दिनका लागि बन्द गरेको छ ।
चीनसँग व्यापार–व्यवसाय गर्दै आएका नेपालका व्यवसायीहरू अहिले रोकिएका कन्टेनरहरू कुर्दै सीमावार बसेका छन् । ‘६ फेब्रुअरी (माघ २३) सम्म चीनमा अड्किएका सामग्रीहरू आयात खुला हुने जानकारी आएको भए पनि तत्कालको अवस्था हेर्दा यो समय लम्बिन सक्छ,’ पौडेलले बताए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण