पार्टी एकताको बाँकी कार्यभार टुङ्ग्याउन ओली–प्रचण्ड दैनिक छलफलमा
काठमाडौँ । केन्द्रीय समिति बैठकले १५ दिनभित्र पार्टी एकताका सवै काम टुङग्याउने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृहकार्यमा जुटेका छन् ।
नेकपाको केन्द्रीय समिति बैठक ५ दिनसम्म चलेर आइतबार सकिएलगत्तै ओली र प्रचण्डले पार्टी एकताको विट मार्न आन्तरिक छलफल र गृहकार्यलाई तीव्रता दिएका हुन् ।
सोही क्रममा ओली र प्रचण्डले सोमबार र मंगलबार लगातार भेटवार्ता र छलफल गरेका छन् । त्यस्तै अध्यक्ष ओली र अर्का बरिष्ठ नेता माधव कुमार नेपालबीच पनि सोमबार नै लामो कुराकानी भएको थियो ।
सोमबार ओली र प्रचण्डबीच छलफल भएलगत्तै ओली र नेपालबीच पनि लामो छलफल भएको हो ।
‘केन्द्रीय समिति बैठकको समीक्षाका साथसाथै पार्टी एकताको काममा बिट मार्न नेताहरु लागि पर्नुभएको छ । त्यही क्रममा ओली प्रचण्ड र ओली तथा नेपालबीच भेटवार्ता भएको हो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहेको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले भने, ‘पार्टी एकता र एमसीसी लगायतका विषयमा साझा धारणा बनाउने अर्को प्रयास पनि हुनसक्छ ।’
तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपामा कतिपय जनवर्गीय संगठनबीच अझै एकता भइसकेको छैन ।
आइतबार केन्द्रीय कमिटी बैठकको समापनका अवसरमा अध्यक्ष प्रचण्डले १५ दिनभित्र पार्टी एकता टुङ्ग्याइसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र निर्माणको अभियानमा सक्रिय सहभागिता जनाउन परराष्ट्रमन्त्रीको आग्रह
-
बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण
-
बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
-
अगाडि कर छुट देखाएर पछाडिबाट सरकारले बढी कर असुल्यो : गगन थापा
-
पहिलो राजनीतिक दल कसरी भयो एमालेमा विलय ?
-
देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण