बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ
काठमाडाैँ । बङ्गलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ। उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो।
कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छाडेका थिए ।
‘र्यापिड एक्सन बटालियन’ नामक अर्धसैनिक बलको नेतृत्व गरेका उनलाई सयाैँ बेपत्ता र गैरन्यायिक हत्यामा कथित भूमिकाको लागि संयुक्त राज्य अमेरिकाले सन् २०२१ मा उनीलगायत केही बङ्गलादेशी अधिकारीविरुद्ध प्रतिबन्ध लगाएको थियो।
“पूर्व प्रहरी प्रमुख अहमदलाई जुन १२ मा पक्राउ गरिएको र छिट्टै सुपुर्दगी गरिने छ,” बङ्गलादेशका गृहमन्त्री सलाहुद्दीन अहमदले संसदलाई बताए। अहमद्विरुद्ध इन्टरपोलको ‘रेड नोटिस’ जारी गरिएको उनले बताए ।
उनले भने,“यो ऐतिहासिक उपलब्धि हो । यी प्रयासहरूको माध्यमबाट हामी दण्डहीनताको संस्कृतिलाई तोड्न सक्षम हुनेछौँ,” ।
“हामी राष्ट्रलाई आश्वस्त पार्न चाहन्छौं कि कुनै पनि अपराधी, जतिसुकै शक्तिशाली भए पनि, कानूनभन्दा माथि छैन,”उनले भने।
सन् २०२४ अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोहले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि उहाँ निर्वासनमा रहँदै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण