मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

के एयर इन्डिया आफ्नो पुरानो मालिक टाटा समूहमै फर्केला ?

बुधबार, २२ माघ २०७६, ०९ : ५५
बुधबार, २२ माघ २०७६

भनिन्छ, इतिहास दोहोरिन्छ । के एयर इन्डियाले आफ्नो इतिहास दोहोराउला ? के ८८ वर्षपछि यो कम्पनी पुनः आफ्नो पुरानो मालिकसँगै फर्केला  ?

यी सबै प्रश्न यसकारण किनभने टाटा समूहले भारी घाटासँग जुधिरहेको एयर इन्डिया खरिद गर्न रुची देखाएको छ ।

टाइम्स अफ इन्डियाको एक रिपोर्ट अनुसार सिंगापुर एयरलाइन्ससँग मिलेर टाटा ग्रुपले एयर इन्डियाका लागि बोली लगाउने योजना बनाइरहेको छ ।

पत्रिकाले स्रोतको हवाला दिँदै टाटा समूहले एयर इन्डियालाई खरिद गर्ने आफ्नो प्रस्तावलाई अन्तिम रुप दिन लागेको र उसले सिंगापुर एयरलाइन्ससँग मिलेर कम्पनीको अधिग्रहणको लागि तयारी सुरु गरिसकेको जानकारी दिएको छ ।

भारत सरकारले यसअघि नै सैद्धान्तिक रुपमा राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर इन्डियाको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सार्वजनिक गरिसकेको छ ।

यसका लागि कम्पनीले सन् २०२० को मार्च १७ तारिखसम्म  आफ्नो प्रस्ताव (एक्सप्रेशन अफ इन्ट्रेस्ट) पेश गर्नुपर्ने शर्त राखिएको छ । ३१ मार्चसम्म सरकारले विक्रेताको नाम घोषणा गर्नेछ ।

के टाटाले एयर इन्डिया खरिद गर्न सक्ला ?

मिडिया रिपोर्टमा दाबी गरिए अनुसार टाटा ग्रुप एयर इन्डिया खरिद गर्नका लागि साँच्चै नै इच्छुक छ । त के टाटाले घाटामा चलिरहेको यो कम्पनीलाई खरिद गर्न सक्ला ? यसका लागि उसले सरकारको सबै शर्त पूरा गर्न सक्ला ?

सरकारले यसअघि नै एयर इन्डिया बेच्ने कोसिस गरिरहेको छ तर यसका लागि खरिदकर्ता भेटिएको थिएन ।

सरकारले यसपटक एयर इन्डिया बेच्नका लागि शर्तमा निकै परिवर्तन गरेको छ । अहिले एयरलाइन्समाथि ६० हजार करोड भारु ऋण छ । तर अधिग्रहणपछि खरिदकर्ताले लगभग २३ हजार २ सष् ८६ करोड भारु मात्रै तिनुपर्छ ।

बाँकीको ऋण सरकार आफैंले तिर्नेछ । ऋण कम गर्नका लागि सरकारले ऋण विशेष इकाइको गठन गरेको छ । साथै अब सरकारले ७६ प्रतिशतको साटो शत पूतिशत शेयर बेच्ने प्रस्ताव अघि सारेको छ ।

यस पटक जसरी पनि खरिदकर्ता भेटियोस् भनेर सरकार केही शर्तमा लचिलो पनि देखिएको  छ । सरकारले यदि कुनै सम्भावित खरिदकर्तालाई कुनै शर्तसँग समस्या भए त्यसलाई कुराकानीमार्फत् हल गर्न सकिने बताएको छ ।

एयर इन्डियाका पूर्व कार्यकारी निर्देशक तथा ‘डिस्सेन्ट अफ एयर इन्डिया’ किताबका लेखक जितेन्द्र भार्गवले टाटा ग्रुप एयरलाइन सम्भावित खरिदकर्ता हुनसक्ने सम्भावना व्यक्त गरेका छन् ।

केन्द्र सरकारको शर्तका अनुसार एयर इन्डियाका खरिदकर्ताको नेट वर्थ कम्तीमा ३,५०० करोड हुनुपर्नेछ । जितेन्द्र भार्गवले टाटाको स्थिती एयर इन्डियालाई खरिद गर्न अनुकुल भएको मान्यता राख्छन् ।

अहिलेको समयमा टाटा सन्स प्राइभेट लिमिटेड, सिंगापुर एयरलाइन्ससँग मिलेर विस्तारा एयलाइन्स चलाउँछ । यो संयुक्त भेन्चरमा टाटाको ५१ प्रतिशत हिस्सेदारी छ भने सिंगापुर एयरलाइन्सको ४९ प्रतिशत छ ।

यसबाहेक एयर एशिया इन्डियामा पनि टाटा सन्सको ५१ प्रतिशत हिस्सेदारी छ । एयरलाइनको बाँकी ४९ प्रतिशत हिस्सेदारी मलेसियाली व्यवसायी टोनी फर्नान्डिजसँग छ ।

जितेन्द्र भार्गव भन्छन्, ‘भारतमा विस्तारा अघि चारवटा साना एयरलाइन छन् । मार्केट सेयरको हिसाबले हेर्ने हो भने इन्डिगो, स्पाइसजेट, एयर इन्डिया र गो एयर पछि विस्तारा पाँचौं स्थानमा पर्छ । यसरी नै एयर एशिया इन्डिया पनि सानो एयरलाइन्स हो र त्यो छैटौं–सातौं नम्बरमा आउँछ ।’

उनका अनुसार यदि टाटा समूह एयरलाइन व्यवसायमा अघि बढ्न चाहन्छ भने एयर इन्डियाको अधिग्रहण उसको लागि राम्रो विकल्प साबित हुनसक्छ ।

उनी भन्छन्, ‘यदि ऋणलाई केही बेरका लागि नजरअन्दाज गर्ने हो भने एयर इन्डियाका थुप्रै सबल पक्ष छन् । उदाहरणका लागि उसँग राम्रो एयरोनोटिकल सम्पत्ति छ अर्थात् राम्रो हवाई जहाज, प्रशिक्षित पाइलट, इन्जिनियर र अनय प्रशिक्षित कर्मचारी छन् । कम्पनीका संसारका थुप्रै शहरमा स्लट्स छन् । यसबाहेक अन्तर्राष्ट्रिय बनारमा एयर इन्डियाको लगभग १८ प्रतिशत, राष्ट्रिय बनारमा लगभग १३ प्रतिशत सेयर छ । त्यसकारण यी सबै कुरा हेरेर टाटाले एयर इन्डियामा रुची लिनु स्वभाविक हो ।’

व्यावसायिक आँकडा हेर्ने हो भने टाटा समूहको स्थिती पनि निकै राम्रो देखिएको छ । कम्पनीको वेबसाइटमा दिइएको जानकारी अनुसार पछिल्लो आर्थिक वर्षमा यसको आम्दानी ७,२९,७१० करोड थियो । यस्तै, सन् २०१९ को मार्च ३१ मा टाटा समूहको मार्केट क्यापिटल ११,०९,८०९ करोड थियो ।

भार्गवले उक्त सम्झौता सफल रहे टाटा एण्ड सन्सका लागि यसले फाइदा पुर्‍याउने आशा व्यक्त गरेका छन् ।

सिन्धुवासिनी /बीबीसी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप