शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ललितानिवास जग्गा प्रकरण: रामकुमार सुवेदीविरुद्ध ५२ करोड र शोभाकान्त ढकालविरुद्ध ३९ करोडको बिगो रकम दाबी

बुधबार, २२ माघ २०७६, २० : ००
बुधबार, २२ माघ २०७६

काठमाडौं । ललितानिवास जग्गा प्रकरणका आरोपीहरु रामकुमार सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५२ करोड ५१ लाख रुपैयाँको मागदावी पेश गरेको छ । अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा सुवेदीविरुद्ध ५२ करोडभन्दा बढीको माग दाबी गरेको हो । 

अख्तियारले दायर गरेको रिटमा सुवेदीसँग ५२ करोड ५१ लाख ४० हजार रुपैयाँ माग दाबी गरी जग्गासमेत जफत गर्न माग गरिएको छ । त्यसैगरी ललितानिवास प्रकरणका अर्का डिजाइनर मानिएका शोभाकान्त ढकालको नाममा ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो दाबी गरिएको छ भने भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसँग पनि ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ नै बिगो दाबी गरिएको छ । 

अख्तियारले दायर गरेको रिटमा भनिएको छ, ‘राष्ट्रसेवक कर्मचारीहरू समेतलाई अनुचित प्रभावमा पारी ललिता निवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा गैह्रकानूनी रुपमा फिर्ता दिने–दिलाउने, सरकारी जग्गा व्यक्ति विशेषको नाममा हाल साविक गर्ने गराउने, सरकारी, सार्वजनिक जग्गामा अनाधिकृत व्यक्तिहरूलाई कृत्रिमरुपमा मोही खडा गर्ने–गराउने, बालुवाटारस्थित विशिष्ट व्यक्तिहरुको निवास परिसरभित्रको सरकारी जग्गा र राजकूलो, बाटो समेतका सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा कायम गर्ने–गराउने, सरकारी जग्गा उनाउ गुठीको नाममा कायम गरी गराई उनाउ व्यक्तिहरुलाई मोही कायम गर्ने गराउने समेतका कार्यमा प्रत्यक्ष संलग्न भई बदनियतपूर्वक ललिता निवास क्याम्पभित्रको अधिकांश जग्गा आफू, आफ्नो परिवार र आफैँ सञ्चालन भएको कम्पनी समेतको नाममा लिई आफू समेतलाई गैह्रकानूनी लाभ र नेपाल सरकारलाई प्रत्यक्ष हानी–नोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा (४) बमोजिमको कसूर गरेको ।’

त्यसैगरी ललितानिवास प्रकरणमा ठूलो रकमको बिगो दाबी गरिएका व्यक्तिहरु निम्न छन् : 

भरतचन्द्र अर्याल, अमिन, ३२,१९,२०,००० नापी कार्यालय डिल्लीबजार

देव बहादुर लामिछाने, सर्वेक्षक, ३२,१९,२०,००० नापी कार्यालय डिल्लीबजार

कमल घिमिरे, नापी अधिकृत, ३२,१९,२०,०००नापी कार्यालय डिल्लीबजार

टंकनाथ पौडेल, नायब सुब्बा ३२,१९,२०,०००मालपोत कार्यालय डिल्लीबजार

प्रकाश नारायण भट्ट, नायब सुब्बा ३२, १९, २०,००० मालपोत कार्यालय डिल्लीबजार

कृष्णप्रसाद पौडेल, शाखा अधिकृत, ३२,१९,२०,००० मालपोत कार्यालय डिल्लीबजार

परशुराम पोखरेल, मालपोत अधिकृत, ३२,१९,२०,००० मालपोत कार्यालय डिल्लीबजार

हरिकृष्ण तिमल्सिना, मालपोत अधिकृत ३२,१९,२०,००० मालपोत कार्यालय डिल्लीबजार

हुपेन्द्रमणि केसी, उपसचिव ३०,३९,९६,००० भूमिसुधार मन्त्रालय

अर्जुन भण्डारी, नायब सुब्बा, १३,२३,७२,००० समरजंग कम्पनी

जीवनाथ पोखरेल, खरिदार, १३,२३,७२,००० मालपोत कार्यालय

टिका बहादुर बिसी, नायब सुब्बा, १३,२३,७२,००० मालपोत कार्यालय डिल्लीबजार

टिकाराम घिमिरे, प्रमुख मालपोत अधिकृत, १३,६५,७२,००० मालपोत कार्यालय डिल्लीबजार

इन्द्रप्रसाद ढुङ्गाना, शाखा अधिकृत, १३,२३,७२,००० भूमिसुधार तथा व्यवस्था विभाग

पुष्पराज उपाध्याय, निर्देशक, १३,२३,७२,००० भूमिसुधार तथा व्यवस्था विभाग

रुद्रकुमार श्रेष्ठ, महानिर्देशक, १३,२३,७२,००० भूमिसुधार तथा व्यवस्था विभाग

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप