भारतमा बस दुर्घटना, १० नेपाली घाइते
बिहीबार, २३ माघ २०७६, १२ : ०८
काठमाडौँ । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् ।
भारतीय संचारमाध्यमका अनुसार भारतको शिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो ।
हरिद्वार डिपोको बस बुधबार राति कांठबाट अगाडि जाँदै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ ।
उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ ।
भारतीय संचारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो ।
घाइतेहरुमा बलबहादुर, तुलकनी, नरेन्द्र ओली, वीरबहादुर, तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरालगायत रहेको बताइएको छ । उनीहरुको ठेगाना भने खुलाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण