बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

‘सेल्फी किङ्ग’ को प्रिमियरमा पुगे भुवन, आर्यनदेखि केकीसम्म

बिहीबार, २३ माघ २०७६, १३ : १९
बिहीबार, २३ माघ २०७६

काठमाडौं । भर्सटायल अभिनेता विपिन कार्कीको अभिनय रहेको फिल्म ‘सेल्फी किङ’ को प्रिमियर गरिएको छ ।  बुधबार नयाँ बसपार्कस्थित लोत्से मलमा रहेको आइएनआइ सिनेमाजमा गरिएको प्रिमियरमा फिल्म युनिटसँगै कलाकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

विपिनले निर्बाह गरेको चरित्रका कारण फिल्म हेर्न आइपुगेको प्रिीमएर धेरैले बताएका थिए । फिल्ममा विपिन ‘सेल्फी किङ्ग’ अर्थात टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । फिल्ममा उनैको तीन दिनको कथा उतारिएको छ । कमेडियनको भित्री पिडा र बाहिरी कर्तव्यलाई समेटिएको बताइएको फिल्म हेर्न भुवन केसी, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, केदार घिमिरे, निशा अधिकारी, केकी अधिकारी, आँचल शर्मा, नम्रता श्रेष्ठ, कर्मा, विनय श्रेष्ठ, आर्यन सिग्देल, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, दीपेन्द्र के खनाल, सुनिलकुमार थापा, भोलाराज सापकोटा, शोभित बस्नेत, रीमा विश्वकर्मा, सुवास गिरी, सुरेन्द्र पौडेल लगायतका हलमा पुगेका थिए । फिल्म हेरेपछि अधिकांश कलाकर्मीले फिल्म र बिपिनको प्रसंसा गरे । कलाकारको भावनालाई फिल्मले प्रस्तुत गरेको उनीहरुले  प्रतिक्रिया दिए । 

फिल्मको निर्देशन विशाल सापकोटाले गरेका हुन् । कथा पनि उनकै हो । उनी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्दैछन् । दिनेश राउत र शुभाष थापाले फिल्मलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले ‘जाली रूमाल’ बोलको गीतमा अभिनय गरेकी छिन् ।

कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठले फिल्म मन परेको बताइन् । उनले भनिन् ‘यहाँ देखाइएका केहि नकेही कुरा कलाकारसँग मेल खान्छ नै । एउटा कलाकारलाई सबैले बाहिरबाट त चिन्छ तर भित्र उसको के छ ? त्यो कसैले महसुस गर्दैन । फिल्ममा यस्तै देखाइएको छ ।’

निर्देशक प्रदीप भट्टराइले फिल्मले दर्शकको मनछुने बताए । ‘मलाइ आश छ, दर्शकको पनि मन छुन्छ होला’ भट्टराईले भने ‘फिल्मले निराश बनाउँदैन भन्नेमा विश्वस्त छु । विपिनले फिल्म मार्फत पुनः आफ्नो क्षमतालाई प्रस्ट्याएका छन् ।’ निर्देशक दीपेन्द्र के खनालले पनि एउटा नयाँ निर्देशकले बनाएको फिल्म जस्तो सेल्फि किङ्ग’ नलागेको बताए । फिल्मले मेरो मन छोयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप