नसुनिने प्रश्नहरू
-विशाल सुवेदी
उता रातभर हिमकणहरुले चिप्लेँटी खेल्न छोडिदिँदा
मेची र काली नै सुक्दैछन्
यता रातभर रक्तकणहरुले मुटु ठोकिदिँदा
यो जवानी सुक्दैछ झन् झन्
उता मिर्मिरेमा शीतबिनाको हावा चलिदिन्छ
धर्ती र बलेँसी नै फुङ्ग पार्न
यता मिर्मिरेमा निराशाको हुरी चलिदिन्छ
ढिलपिले शरीर झनै ढलाउन
थाकिसकेको मुटु अब रोकिन के बेर ?
पाइनबिनाको शरीर अब ढलिजान के बेर ?
ढले उहिले दामोदर, भक्ति, बलभद्र र बहादुर शाहहरु
ढल्दैछौँ अहिले सोनागाछी, काश्मीर र खाडीमा हामीहरु ।
ती ढले देश उठ्यो कहिल्यै नझुक्ने गरी
हामी ढल्दा प्रश्न उठ्छन् कसैले नसुन्ने गरी
आमाहरुको सुस्काहटमै प्रश्न छन्
पग्लेट बिना के काम यी इमिली र अमठ ?
केका लागि पुजौँ हर दिन तुलसीको मठ ?
रातभर ओसार्दोछ हावा बेपत्ता चेलीका आँशु
अनि कसरी भिजुन शीतले मिर्मिरेमा धर्ती र बलेँसीहरु ?
नानीहरुको रुन्चे हाँसोमै प्रश्न छन्
बाबाबिना के निको यी हटिया र बजार ?
खै भाग्य स्कुल जान समातेर बाबाको हात ?
प्रेयषीहरुका उराँठलाग्दा क्षणहरुमै प्रश्न छन्
बात मात्रै लाग्छ,
किन पुकारौँ तीजमा पार्वतीनाथलाई ?
के खातिर व्रत बसौँ छठमा सम्झेर सूर्यलाई ?
धर्तीको जनजनलाई प्रश्न छन्
रित्तिँदै तात्तिँदै नाङ्गिदैछन् थुम्का र पाखा
कहिलेसम्म रहून् मेची र काली ?
रसाउन छाड्दैछन् पहरा र चुचुरा
कतिसम्म बचून् गुराँस र डाँफे चरी ?
हामी ढलेपछि हंश अवश्य नै आउनेछन् तेतै बनपाखा
ए बुकी फूलहरु बस्न देऊ है तिनलाई नठानी दोष ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण