जिन्दगी बित्दैछ
- साकार बाबु सुवेदी
आराम छ जीन्दगी आजकल तिमी नभएर,
भएर त बिरामै बिरामको आरोप नै त हो,
छातीभित्रका मनहरू हुर्के पत्थरकै भएर,
गुनासो छैन चोटहरूले नै भगवान बनेकै त हो ।
नदीका बगरहरूमा भेला गरिएका गोल ढुङ्गा,
बर्षाै बहावमा घोटिएर प्यारो बनेको नै त हो
तिमीले मेरा लागि मैले तिमीलाई दिएको संज्ञा,
दुग्धपान गराउन हातारो मै सर्प छानेकै त हो ।
हावामा गम्किरहेका बेलीका बासनाहरू थिए,
तिमी थियौ तर तिमीभित्र म पनि भएर नै त हो,
प्रायश्चित्का पहाड थिए, नदीका धार बेधार थिए,
उचाईबाट बगेर ओरालोतिर झर्न डराएकै त हो ।
पारिलो घाम थियो, प्रकाश छरिएकै थियो घरभरी,
मन घमाउन नसकेको मेघै मेघको सहाराले नै त हो
हिमालझैँ चुलिएका अहमता पालिएकै हो मनभरी,
ठूलो बन्ने होडमा शिरहरूको उचाई नापिएकै त हो ।
आराम छ जिन्दगी आजकल तिमी गुमनाम हुँदा,
बदनाम हुँदा त शहरभरि तिम्रै मात्र चर्चा थियो
कहिले नेत्र, कहिले कर्ण थुन्दा थुन्दै सुनसान हुँदा,
राम्रोसँग छापिएको तिम्रो कुरूपताको पर्चा थियो ।
तिम्रो सुगन्धको भ्रम थियो मैले फेर्ने श्वासहरूमा,
दुर्गन्धहरू त आफ्नै शरीरमा पर्याप्त सरेकै थियो,
कहिले अत्तर, कहिले स्नानले जित्ने विश्वासहरूमा,
कस्तुरी झैँ भाग्दा भाग्दै आफैँसँग मन मरेकै थियो ।
आराम छ जीन्दगी आजकल तिमी नभएर,
भएर त बिरामै बिरामको आरोप नै त हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
-
पोखराका नगर प्रहरीलाई संयमित हुन वडाध्यक्षको ध्यानाकर्षण
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण