सार्स भाइरसभन्दा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढी
आइतबार, २६ माघ २०७६, ०८ : २०
चीनको हुबेई प्रान्तको स्वास्थ्य आयोगका अनुसार नयाँ कारोना भाइरसका कारण उक्त प्रान्तमा मात्रै मृत्यु हुनेको संख्या ७ सय ८० पुगेको छ ।
यसका साथै समग्र चीनमा यो भाइरसका कारण मृत्यु हुनेको आँकडा ८ सय ४ पुगेको छ । यसरी कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या लगभग २० वर्ष अघि सार्स भाइरसका कारण ज्यान गुमाएका भन्दा बढी भएको छ ।
सार्स भाइरस सन् २००३ मा फैलिएको थियो र करिब दुई दर्जन बढी देशमा यसका बिरामी पाइएका थिए । सार्सका कारण ७ सय ७४ को ज्यान गएको थियो ।
अहिलेसम्म संसारभरी ३४ हजार ८ सय मानिस नयाँ कोरोना भाइरसबाट संक्रमित पाइएका छन् र तीमध्ये धेरै चीनमा नै छन् ।
गत महिना विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य संकटकाल घोषणा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण