आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

वनभोज खाएर नुहाउन गएका एक जना राप्ती नदीमा बेपत्ता

आइतबार, २६ माघ २०७६, ११ : ०२
आइतबार, २६ माघ २०७६

बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित अगैयामा वनभोज गएका एकजना राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । 

कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए ।

शनिबार अपराह्न बेपत्ता  भएका उनलाई हालसम्म  फेला पार्न नसकिएको प्रनाउ चन्दले बताए । 

शर्माको खोजीमा  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप