इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शनिबार उर्जा पूर्वाधार र अन्य सैन्य स्थलहरूलाई लक्षित गरी इरानविरुद्ध लगातार सातौं रातसम्म हवाई आक्रमण गरेको दाबी गरेको छ ।
सेनटमले जारी गरेको विज्ञप्तिमा पछिल्लो आक्रमणले सैन्य पूर्वाधार, निगरानी स्थल, भूमिगत हतियार भण्डारण सुविधा र समुद्री क्षमताहरूलाई लक्षित गरेको उल्लेख गरिएको छ । अपरेसनमा लडाकु विमान, ड्रोन, युद्धपोत र अन्य सैन्य सम्पत्तिहरू समावेश भएको बताइएको छ ।
कमान्डले ५० हजार भन्दा बढी अमेरिकी सैन्य जनशक्ती मध्य पूर्वमा तैनाथ रहेको र , घातक आक्रमणको तयारी भई रहेको बताएको छ ।
सेन्टकमले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) को दाबीलाई पनि अस्वीकार गरेको छ भने होर्मुजको जलमार्गमा दुई तेल ट्याङ्करहरूमा इरानले कथित रूपमा राखेका खानीहरूमा प्रहार गरेपछि विस्फोट भएको थियो ।
यसअघि, रातारात आक्रमणको पछिल्लो लहर सुरु गर्ने घोषणा गदै सेन्टकमले अपरेसनको उद्देश्य इरानको सैन्य क्षमतालाई कमजोर पार्नु रहेका बाताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै सबैभन्दा ठुलो च्यारिटी साइकलिङ अभियान, तस्बिरमा हेर्नुहोस्
-
इरानमा लगातार सातौं रात अमेरिकी सेनाको हवाई आक्रमण
-
डीएनए परीक्षणले खोल्यो ४ हजार वर्ष पुरानो कङ्कालको रहस्य
-
‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’मा दयाहाङ, बुद्धि र विल्सनको नृत्य
-
सिधे नुन कि सेतो नुन, स्वास्थ्यका लागि कुन हो राम्रो?
-
फिल्म ‘हजारौँमा एक’ घोषणा, सुव्रत आचार्यले निर्देशन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण