सोसल मिडियामा श्रीमतीको बिकिनी फोटो देखेर भड्किए संजय दत्त, दिए यस्तो चेतावनी
फिल्म ‘भूमि’बाट बलिउडमा कमब्याक गरिरहेका संजय दत्त आजकाल आफ्नी श्रीमतीसँग रुष्ट छन् । संजय रिसाउनुका कारण सोसल मिडियामा पोष्ट गरिएका मान्यताका बिकिनी फोटो हुन् । उनले यसका लागि मान्यतालाई चेतावनी पनि दिएको बताइएको छ ।
स्मरण रहोस्, केही दिन अघि मान्यताले आफ्नो इन्स्टाग्राममा बिकिनी लगाएका थुप्रै हट फोटो सेयर गरेकी छिन् । वान सोल्डर रेड बिकिनी लगाएर सेयर गरिएको फोटो बी–टाउनमा टकिङ पोइन्ट बनेको छ । खबरलाई मान्ने हो भने यी सबैका कारण संजय तनावमा छन् । उनले मान्यतालाई अबदेखि त्यस्तो नगर्न पनि चेताएका छन् ।
रिपोर्टलाई विश्वास गर्ने हो भने एक साथीले संजयलाई सोसल मिडियामा मान्यताको बिकिनी तस्बिरका कारण विभिन्न कुराकानी भइरहेको बताउँदै मान्यताले यस्तो प्रकारको फोटो सेयर गर्न नहुने बताएपछि संजय दत्त तनावमा भएको बताइन्छ । खबरलाई विश्वास गर्ने हो भने मान्यताले फिल्म निर्मातालाई आकर्षित गर्नका लागि फोटो सेयर गरेकी हुन् ता कि उनले दोस्रो पटक बलिउडमा प्रवेश पाउन सकून् । जबकी संजय दत्त यो कुरामा कहिले पनि सहमत हुने छैनन् । जानकारीका अनुसार संजय दत्तले सुरुदेखि नै उनका घरका महिलाले फिल्ममा काम गर्न नहुने सोच राख्ने गर्दछन् । यहाँसम्म कि जब उनकी छोरी त्रिशालाले बलिउडमा अभिनय गर्ने इच्छा जताए उनले छोरीको खुट्टा भाँचिदिने एक अन्तर्वार्तामा बताएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण