नेपाली सवारीलाई भारतको बैरगनियामा रोक, यात्रुलाई सास्ती
रौतहट । रौतहटको सदरमुकाम गौरसँगै जोडिएको भारतीय बजार बैरगनियातर्फ नेपाली सवारी साधन प्रवेशमा रोक लगाइएका कारण यात्रुलाई कठिनाइ भएको छ । रौतहटका स्थानीय प्रशासनले भारतीय नम्बरको टेम्पो चलाउन प्रतिबन्ध लगाएसँगै भारतीय पक्षले पनि नेपाली सवारीलाई रोकेपछि यात्रुलाई गौर–बैरगनिया आवत जावतमा सास्ती खेप्नु परेको हो ।
नेपाली नम्बर प्लेटका सवारी साधन बोर्डरसम्म मात्र सीमित हुन्छन् भने दैनिक विभिन्न सामान खरिद गर्न बैरगनिया बजार जाने तथा उताबाट आउने मानिस बोर्डरदेखि गौरसम्म आउन कठिनाइ भएको छ । जिल्ला सदरमुकाम गौर तथा रौतहटका दक्षिणी भेगका अधिकांश परिवारका किनमेल गर्न बैरगनिया बजार जाने गर्दछन् ।
त्यसैगरी चिनियाँलगायत विदेशी कपडा, लगायतका सामान खरिद गर्न बिहारको सितामढी र मोतिहारी जिल्लाका सयौँ मानिस दैनिक गौर आउने गर्दछन् ।
उनीहरु बढी भाडा तिरेर रिक्सा, टांगा चढेर गौर–बैरगनिया आउन जान बाध्य भएको दुवैतर्फका यात्रुको गुनासो छ । कतिपयले भने महँगो भाडा तिरेर टांगा वा रिक्सा चढ्नुभन्दा पैदल नै हिँड्ने गरेको पनि पाइन्छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले गौरमा भारतीय नम्बर प्लेटको टेम्पु चलाउन सोमबारदेखि प्रतिबन्ध लगाएको हो । यसबाट आक्रोशित बनेका भारतीय व्यवसायीले नेपाली नम्बर प्लेटका गाडी पनि सोमवार विहानैदेखि भारततर्फ जान रोक लगाएका हुन् ।
उच्च अदालत अस्थायी इजलास विरगञ्जले गत मंसिर ३ गते भारतीय तीन पाङ्ग्रे टेम्पु यात्रुवाहकको रुपमा गौरमा गुडाउन रोक लगाउने आदेश जारी गरेको थियो ।
दुवैतर्फका यात्रुलाई समस्या हुने भन्दै स्थानीय प्रशासनले उक्त आदेश कार्यान्वयनमा वास्ता नगरे पनि नेपाली टेम्पु व्यवसायीले अदालतको आदेश कार्वान्यन गर्न दबाब दिएपछि गत माघ २६ गतेदेखि भारतीय नम्वर प्लेटको टेम्पु गौर प्रवेशमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताए ।
भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी साधन गौरमा आउन नदिइएको विरोधमा भारतीय व्यवसायीहरुले नेपाल नम्बरप्लेटका मोटरसाइकल, इ–रिक्सा, चारपाङ्ग्रे सवारी साधनलाई मितेरी पुलबाटै फर्काउने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण