स्याङ्जामा ९० फिट गहिरो ‘आश्चर्यजनक भ्वाङ’ !
पोखरा । स्याङ्जामा ९० फिट गहिरो भ्वाङ छ । भ्वाङलाई स्थानीयले नाम दिएका छन् ‘आश्चर्यजनक भ्वाङ’ ।
जिल्लाको विरुवा गाउँपालिका ३ मा पर्ने उक्त भ्वाङ पुतली बजार नगरपालिकादेखि पूर्वी भागमा पर्छ ।
स्थानीय बालकुमार गुरुङका अनुसार उक्त भ्वाङ कहिलेदेखि अस्तित्वमा रहेको भन्ने विषयमा कोही पनि जानकार छैनन् । ‘भ्वाङ कहिले बनेको भनेर एकिन छैन’, उनले भने, ‘आजभन्दा ५ वर्ष अघि २०७० मा एउटा टोली पसेको थियो । दुई÷तिन महिना अघि म पनि डोरी लगाएर पसेँ ।’
गाउँलेहरुले भ्वाङ पुर्न प्रयास पनि गरेको उनले सुनाए । उक्त भ्वाङ पुर्न गाउँलेहरुले माटो, सिसीकाबोत्तल, अनावश्यक फोहोर पनि फालेका थिए । ‘ठ्याक्कै डम्पिङ साइड जस्तो नै बनाएका थिए’ उनले भने, अहिले भने हामीले पुर्न हुन्न भनेर फेरि संरक्षणको प्रयास गरिरहेका छौं ।’
डोरी बानेर तल झरि सकेपछि १० देखि १५ मिटर तल पुगेपछि ट्र्याकहरु छन् । त्यसलाई खोतलेर भित्र जान पनि सकिन्छ । बुढापाकाहरुका अनुसार भ्वाङमा ३ वटा प्वाल छन् । दाँया, बाँया र सिधा ।
दायाँपट्टीको भ्वाङ माटोले पुरिएको र बाँया तर्फकोमा आफूहरु छिरेको उनले सुनाए । ‘निहुरिएर छिर्दा अलिकति भित्र छिर्न मिल्दो रैछ,’ उनले भने, ‘त्यहाँबाट भित्र छिर्दा जमिन फाटेर अलिकति भित्र गएको छ ।’
भ्वाङभित्र चट्टानको मात्राभन्दा माटोकै बढी रहेको उनले सुनाए । भ्वाङबाट भित्रपट्टी छिर्दै जाँदा माटो मात्रै भेटिने र अक्सिजनको पनि कमि नरहेको उनले बताए ।

स्थानीयले फालेर पुरिएको माटो झिक्दै गएमा अरु बाटोहरु पनि भेटिन सक्ने उनले अनुमान लगाए । ‘अहिले त गाउँलेहरुले फालेको माटोले भ्वाङ धेरै नै पुरिएको छ,’ उनले भने ।
भ्वाङलाई व्यवस्थित गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उनले बताए । भ्वाङ व्यवस्थापनको लागि सरोकारवाला निकायबाट कुनै सहयोग नमिले पनि हङकङमा बसोबास गर्दै आएका नेपाली र मिलिनियम ट्रेक व्यवस्थापन समितिको सहयोगमा तारबार लगाउँने र भ्वाङसम्म पुग्ने सिढी बनाएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण