डेढ खर्बले घट्यो बजेट
सरकारले चालू आर्थिक वर्षका लागि विनियोजित बजेटको आकार करिब डेढ खर्ब रुपियाँले घटाएको छ ।
बुधबार चालू आर्थिक वर्ष २०७६र७७ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू आवका लागि कुल विनियोजित १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखबाट १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रुपियाँ खर्च हुने अनुमान गरेको हो । यो कुल विनियोजित रकमको ९०.४ प्रतिशत हो ।
बजेटको आकारसँगै चालू, पुँजीगत र वित्तीय खर्चमा पनि संशोधन गरिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालूतर्फ नौ खर्ब चार अर्ब ४६ करोड आठ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको बताउनुभयो । यसअघि सरकारले बजेटमा नौ खर्ब ५७ अर्ब १० करोड रुपियाँ चालू खर्च गर्ने लक्ष्य राखेको थियो ।
त्यस्तै चार खर्ब आठ अर्ब ५९ लाख पुँजीगत खर्च गर्ने लक्ष्य राखेकामा यसलाई संशोधन गर्दै तीन खर्ब २६ अर्ब ८१ करोड खर्च हुने अनुमान गरिएको छ । वित्तीय खर्चतर्फ एक खर्ब ६७ अर्ब ८५ करोड रुपियाँ खर्च गर्ने लक्ष्य रहेकामा अर्धवार्षिक समीक्षामार्फत यसको आकार एक खर्ब ५४ अर्ब ६९ करोड रुपियाँ पु¥याइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण