टीनाको कालो सारीमा फिदा भएका थिए अनिल अम्बानी
भारतीय व्यवसायी अनिल अम्बानी र उनकी पत्नी टीना अम्बानीको प्रेम सम्बन्ध निकै रोचक रहेको छ । उनीहरुको प्रेमसम्बन्धको बारेमा अनिल अम्बानी र टीनाले एक अन्तरवार्तामा खुलेर बताएका छन् ।
टीना र अनिलको भेट एक वैवाहिक समारोहमा भएको थियो । उक्त समारोहमा टीना कालो सारीमा उपस्थित भएकी अनिलले सम्झेका छन् । अनिलले टीनालाई पहिलो नजरमा नै मन पराए ।
बलिउडमा निकै चर्चा पाइसकेकी चर्चित अभिनेत्री टीनाले अनिललाई लामो समयसम्म वास्ता गरिनन् । किनकी टीना त्यो समय राजेश खन्नासँग ‘लिभ इन रिलेशन’ मा रहेकी थिइन् । तर, पछि टीनाको राजेशसँग सम्बन्ध टुक्रियो र टीना अमेरिका गइन् । उनी अमेरिका गएपछि पनि अनिलले उनलाई पछ्याउन छोडेनन् ।
अतित सम्झिदै अनिलले एक घटनाको बारेमा याद गरे । सन् १९८९ मा लस एन्जल्समा भूकम्प आएको थियो । त्यतिबेला टीना अमेरिकामै रहन्थिन् । त्यसपछि अनिलले टीनाको नम्बर खोजेर उनीसँग कुराकानी गर्न सुरु गरे ।
तर, अनिलको परिवार टीनासँग विवाह गर्न राजी थिएनन् । लामो समयको संघर्षपछि टीना र अनिलको विवाह भयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण