छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं : धनुषा, कैलाली, मोरङ र रौतहटका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
धनुषा, हंसपुर नगरपालिका–९ मुढास्थित सडकमा ज.१० प २९७७ नम्बरको मोटरसाइकल र ज।११ प ६३९० नम्बरको मोटरसाइकल शनिबार दिउँसो एकआपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका हंसपुर नगरपालिका–६ सोनिगामा बस्ने १८ वर्षीय नविन कुमार रायको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार २ जनामध्ये १ जनाको प्रादेशिक अस्पताल जनकपुरमा र १ जनाको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
कैलाली, लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित सडकमा से.०१ त ५६५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा च्यापिएर गम्भीर घाइते भएका चालक लम्कीचुहा नगरपालिका–७ बस्ने ४२ वर्षीय कृष्ण चौधरीको टिकापुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको छ ।
मोरङ, रतुवामाई नगरपालिका–१ कल्याणपुरस्थित सडकमा बिग्रिएर पार्कीङ गरी राखेको को।२ त.२८०० नम्बरको ट्याक्टरमा को–२७ प ४६५० नम्बरको मोटरसाइकल ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २२ वर्षीय आबिद मिँयाको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार चालक रतुवामाई नगरपालिका–१ सोनापुर बस्ने २० वर्षीय राम कुमार गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
रौतहट, चन्द्रपुर नगरपालिका–१ स्थित सडकमा ना–१ ज ६७८४ नम्बरको टाटा सुमो अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका सुमो चालक मकवानपुर चौकीटोल बस्ने ४० वर्षीय जीवन भोलनको चपुर प्रा.लि.हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण