काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको १७ जना पक्राउ
काठमाडौं : काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ स्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन बलामी लगायत ५ जनालाई नगद १३ हजार ७ सय रुपैयाँ र २ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१४ सातदोबाटो डेरा गरी बस्ने पाँचथर घर भएका ४२ वर्षीया कृष्ण कुमारी लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु सहित ७ जनालाई नगद १ लाख ११ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१५ स्थित सुदन महर्जनको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई हाल सातदोबाटो बस्ने ३७ वर्षीय राजकुमार लामा लगायत ५ जनालाई नगद १९ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण