सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको १७ जना पक्राउ

आइतबार, ०४ फागुन २०७६, ११ : ४६
आइतबार, ०४ फागुन २०७६

काठमाडौं : काठमाडौं, चन्द्रागिरी नगरपालिका–५ स्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सुमन बलामी लगायत ५ जनालाई नगद १३ हजार ७ सय रुपैयाँ र २ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी  वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-१४ सातदोबाटो डेरा गरी बस्ने पाँचथर घर भएका ४२ वर्षीया कृष्ण कुमारी लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बु सहित ७ जनालाई नगद १ लाख ११ हजार रुपैयाँ र ३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-१५ स्थित सुदन महर्जनको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भई हाल सातदोबाटो बस्ने ३७ वर्षीय राजकुमार लामा लगायत ५ जनालाई नगद १९ हजार ८ सय ३५ रुपैयाँ र ३ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप