खुमलटार पुगेलगत्तै आफूमाथि लगाइएको आरोपबारे बोले महरा (विज्ञप्तिसहित)
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफूमाथि लगाइएको आरोप गलत सावित भएको प्रतिक्रिया दिएका छन् । डिल्लीबजार कारगारबाट निजी निवास खुमलटार पुगेलगत्तै एक विज्ञप्ति जारी गरी महराले सो प्रतिक्रिया दिएका हुन् । महरालाई जिल्ला अदालत काठमाडौंले आजै सफाई दिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, ‘अन्ततः म माथि लगाइएको आरोप गलत सावित भएको छ । सम्मानित अदालतले मलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ । म सम्मानित अदालतप्रति विशेष आभार एवम् धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ उनले तत्कालीन सभामुखको जिम्मेवारीमा रहँदा लगाइएको एमसीसी प्रकरणको समेत घुमाउरो ढंगले जवाफ दिएका छन ।
उनले आफु एक देशभक्त नेपालीका रुपमा रहेको र मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको दाबी गर्दै भनेका छन्, ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधिनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सँधै थियो,अहिले पनि छ र सदैव रहिरहनेछ । नेपालको राष्ट्रिय स्वाधिनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सँधै रहिरहनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण