क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग
काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् ।
आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेका छन् । चीनबाट नेपाली विद्यार्थीलाई समयमै उद्धार गरेकामा सरकारलाई धन्यवाद दिँदै उनले फिर्ता ल्याउन नसकिएका अन्य चार विद्यार्थीको अवस्थाबारे पनि जानकारी दिन सरकारसँग आग्रह गरे ।
सरकारले केही दिनअघि चीनबाट उद्धार गरेर ल्याइएका १७५ जना विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राखेर सूक्ष्म अनुगमन गरिरहेको छ । नेकपाका अर्का सांसद नैनकला ओझाले नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटा र नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिन् ।
नेपाली काँग्रेसका सांसद प्रकाश पन्तले विभिन्न विश्वविद्यालय र संवैैधानिक आयोगमा पदाधिकारीले पूर्णता नपाउँदा कामकाज नै प्रभावित भएको भन्दै रिक्त पदपूर्ति कहिलेसम्म हुन्छ भनी प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण