टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मङ्गलबार, ०६ फागुन २०७६, १६ : २२
बुटवल । टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।
लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको लु २ प १८७९ नम्बरको मोटरसाइललाई ठक्कर दिँदा मोटर साइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर २ भिलरहवा बस्ने ६० वर्षीय रमेश लोभ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले ठक्कर दिने टिपरलाई नियन्त्रणमा लिएपनि चालक भने फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण