सप्तकोसीमा जेटबोट बन्द हुँदा दैनिक ५ सय यात्रु प्रभावित
शुक्रबार, ०९ फागुन २०७६, ०७ : ०६
सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन् ।
दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो । जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य छन् ।
जेटबोट बन्द हुँदा पूर्वी पहाडी जिल्लाबासीलाई समस्या भएको भोजपुर जरायोटारका सन्दीप राईले गुनासो पोखे ।
छोटो समयको यात्रामै ओहोरदोहोर गर्न सकिने भएकाले स्थानीयलाई निकै सहज हुने गरेको थियो । यो समाचार आजको कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी गाडीमा रातो प्लेट : सुरक्षा ‘थ्रेट’ कि दुरुपयोग मोह ?
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा ६ जना उम्मेदवार सर्टलिस्टमा
-
साउने सङ्क्रान्तिसँग जोडिएको मौलिकता
-
इंग्ल्यान्डको समस्या : प्रशिक्षकको पुरानै पारा
-
कृषि तथा पशुपन्छी कार्यक्रमको प्रगति विवरण बुझाउन स्थानीय तहलाई निर्देशन
-
शाही उत्तराधिकारका नियम खुकुलो बनाएपनि जापानमा महिलाको हकमा प्रतिबन्ध यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण