गुठीको जग्गा फिर्ता हुने
रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ धपेमा रहेको डिग्रे शाहीकुमारी मन्दिरको साँढे ४२ रोपनी गुठीको जग्गा मन्दिरको नाममा फिर्ता हुने भएको छ । शान्ति स्थापनापछि स्थानीयवासीलाई बिक्री गरिएको उक्त जग्गा फिर्ता हुने भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिए ।
उनका अनुसार कित्ता नम्बर ३३१ को तीन हजार ८०५ वर्गमिटर क्षेत्रफलको जग्गा तत्कालीन माओवादीले स्थानीयवासीलाई बिक्री गरेको थियो ।
त्यसबाहेकको जग्गा भने शान्ति स्थापनापछि मन्दिरकै स्वामित्वमा आइसकेको थियो । विसं २०६२ चैत २९ गते माओवादीद्वारा सञ्चालित ‘जनसत्ता’ मार्फत कित्ता नम्बर ३३१ को जग्गा स्थानीय सर्वजित भनिने जीतबहादुर पुनले खरीद गरेका थिए ।
पुनले जग्गा छाड्न लागेपछि मन्दिरको नाममा आउने भएको हो । मन्दिर व्यवस्थापन समितिले मुद्दा जितेरै उक्त जग्गा आफ्नो स्वामित्वमा ल्याउन लागेको मन्दिर व्यवस्थापन समितिका सचिव चुडामणि गौतमले बताए ।
उहाँका अनुसार आफ्नै नामको जग्गामा अर्कैको हकभोग रहेको भन्दै मन्दिर व्यवस्थापन समितिले २०७५ वैशाख २१ गते रुकुमकोट जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले २०७५ पुस ८ गते उक्त जग्गा मन्दिरकै भएकाले हकभोक पनि उसैको हुने भनेर फैसला गरिदिएको थियो । अदालतले मन्दिरका नाममा जग्गा फैसला गरिदिँदासम्म पनि जग्गा स्वामित्वमा नआएपछि समितिले पटक–पटक पुनसँग छलफल गरेको थियो ।
आगामी जेठ १५ गतेभित्र सर्वजितले ठाउँ छाड्ने र बनाएको संरचना उठाउने सहमति भएको गौतमले बताउनुभयो ।
उहाँका अनुसार समितिका पदाधिकारी, पुन र वडा नं–८ का जनप्रतिनिधिबीच ६ महिनाभित्र मन्दिरको जग्गा खाली गराइसक्ने गरी सहमति भएको हो ।
सबै जग्गा मन्दिरको स्वामित्वमा आएपछि कसरी प्रयोग गर्ने भन्ने विषयमा छलफल हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानको चाबहार समुद्री नियन्त्रण टावरमा तेस्रोपटक आक्रमण
-
३ प्रतिशत ‘शिक्षा समता शुल्क’ तत्काल खारेज गर्न क्रान्तिकारीको माग
-
कोशी नदीमा जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन
-
दरौँदी नदीमा मलामी बेपत्ता
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण