भारतीय गृहमन्त्री अमित शाहको अरुणाचल प्रदेश भ्रमणको चीनले किन विरोध जनायो ?
एजेन्सी : भारतका गृहमन्त्री अमित शाह विहिबार अरुणाचल प्रदेशको भ्रमणमा गएका थिए । अरुणाचल प्रदेशले पूर्ण राज्यको हैसियत पाएको वार्षिकोत्सवमा विशेष कार्यक्रम आयोजना भएको थियो । शाह सोही कार्यक्रममा सहभागी हुन गएका थिए ।
तर चीनले शाहको उक्त भ्रमणको विरोध जनायो । अरुणाचल प्रदेशमाथि चीनले पनि दावी गर्दै आएको छ । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बतको हिस्सा दावी गर्नेगर्छ ।
बेइजिङले अमित शाहको अरुणाचल प्रदेशको भ्रमणले बेइजिङको ‘भौगोलिक सार्वभौमिकता र साझा राजनीतिक विश्वासमाथि आघात पु¥याएको’ भनेको छ ।
शाहले अरुणाचलको राज्य गठनको ३४ औं वर्षगाँठ कार्यक्रममा सहभागी हुन अरुणाचल प्रदेशमा गएका हुन् । त्यहाँ उनले राज्यको विकास निर्माणसम्बन्धी कयौं परियोजना घोषणा गरे ।
३४ वर्ष अघि फेब्रुअरी २० मा अरुणाचल प्रदेश युनियन टेरिटोरीबाट पूर्ण राज्यको दर्जा दिइएको थियो ।
चीनले भारतीय नेताको अरुणाचल प्रदेश भ्रमणलाई सधैं विरोध जनाउदैं आएको छ ।
उता भारतका विदेश मन्त्रालयका प्रवक्ताले चीनको प्रतिक्रियाको जवाफमा ‘अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको’ बताए ।
‘भारतीय नेताहरु जसरी भारतका अन्य राज्यको भ्रमण गर्छन् त्यसरी नै अरुणाचल प्रदेशको पनि समय समयमा भ्रमण गर्ने गर्छन् । भारतीय नेताका यी भ्रमणको विरोध भारत र भारतीय नागरिकले बुझ्न सकेका छैनन् ।’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीस कुमारले बताए ।
चीन र भारतको सिमाना क्षेत्रको ३४८८ किमी क्षेत्रमा विवाद रहदैं आएको छ । अरुणाचल प्रदेशमा दुई देशको विवाद सल्टाउन दुई देशबीच २२ पटक विशेष वार्ता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण