४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी
शनिबार, १० फागुन २०७६, १२ : ११
एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।
शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल इन्स्टाग्राममा तस्बिर शेयर गरेर छोरीको जन्म भएको जानकारी दिएकी हुन् ।
शिल्पाले सरोगेसीको माध्यमबाट छोरीको जन्म दिएकी हुन् । बच्चाको जन्म १५ फेब्रअरीमा भएको थियो । भने यसको जानकारी उनका पति राज कुन्द्राले हिजो मात्र सार्वजनिक गरेका हुन् ।
शिल्पाले शेयर गरेको फोटोमा उनकी छोरीले उनको औंला समातिरहेकी छिन् ।
उनले सन् २००९ मा विवाह गरेकी थिइन् । भने पहिलो बच्चा सन् २०१२ मा जन्माएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण