भारतमा हजारौं टन सुन उत्खननको तयारी, अब भारत सुन उत्पादनमा अमेरिकापछि दोस्रो देश
भारतको ‘जियोलजिकल सर्वे अफ इण्डिया(जीएसआई)’ले सन् २००५ मै उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेका थियो ।
विगत पन्ध्र वर्षमा जीएसआईले त्यस क्षेत्रमा निरन्तर काम गरिरहेको थियो ।
अहिले आएर उत्तर प्रदेश सरकारले उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको छ ।
जीएसआईको अध्ययनमा सोनभद्रको सोन पहाडमा झण्डै तीन हजार टन सुन र हरदी ब्लकमा झण्डै ६ सय किलो सुनको भण्डार देखिएको छ ।
तर तिनको उत्खननमा हालसम्म कुनै ठोस काम भएको थिएन हाल आएर ब्लक टेन्डरको लागि प्रशासनले सात सदस्यीय टिमको गठन गरेको छ ।
‘ २२ फेब्रुअरी २०२०सम्म टिमले आफ्नो रिपोर्ट भूतत्व एवं खनिजकर्म निर्देशनलायलाई सुम्पिनेछ ,’ सोनभद्रका उत्खनन अधिकारी केके रायले बताए ।
सोनभद्रको अन्य क्षेत्रमा पनि सुन रहेको अनुमान छ । त्यसैले अहिले त्यस क्षेत्रको ठूलो भूभागमा हेलिकप्टरबाट सर्वेक्षण गरिँदैछ ।
सर्वेक्षणका लागि विद्युतचुम्बकीय उपकरण स्पेक्ट्रोमिटर उपकरणको प्रयोग गरिँदैछ ।
यी उपकरणसडित हेलिकप्टरको जमिनभन्दा केही सय मिटरको उचाइमा उठाइन्छ ।
सोनभद्रमा हाल अनुमान गरिएको सुन निकाल्न सकिएमा भारत सुन उत्पादनको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा आउनेछ ।
विश्व सुन परिषद्का अनुसार अमेरिकासँग ८१३३ टन सुन भण्डार छ । अहिले, अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार जर्मनीसँग छ । जर्मनीसँग ३३६६ टन सुन छ ।
जर्मनीपछि ठूलो सुन भण्डार हुने देश वा सस्था क्रमशः अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ)(२४५१ टन), इटाली(२४५१ टन), फ्रान्स(३४६१ टन), छैटौं रुस(२२१९), चीन(१०४० टन) हुन् ।
त्यसैले गरी सानो देश भए पनि स्वीट्जरल्याण्डसँग विश्वको आठौं ठूलो सुन भण्डार छ । स्वीट्जरल्याण्डमा १०४० टन सुन छ ।
ठूलो सुन भण्डारको -याङ्किङमा नवौं स्थानमा रहेको जापानसँग ७६५ टन सुन छ ।
भारत हाल सुन भण्डारको हिसाबमा दशौं स्थानमा छ । भारतमा ६१८ टन सुन छ । तर सोनभद्रको सुन उत्पादन सुरु भएपछि भारत दोस्रो स्थानमा उक्लने समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
-
नेप्सेमा २० अङ्कको गिरावट, ४ अर्ब माथिको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण