गोकुल बाँस्कोटामाथि अख्तियार र सीआईबीले छानबिन गर्ने
काठमाडौं । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिसन प्रकरणबारे अख्तियार दुरुपयोग आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले छानविन गर्ने भएको छ ।
शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा बाँस्कोटाको सम्बन्धमा छानविन गर्ने जिम्मा अख्तियार र सीआईबीलाई दिने निर्णय गरेको महासचिव विष्णु पौडेलले जानकारी दिए ।
‘बाँस्कोटाका विषयमा सरकारी निकायले छानबिन गर्छ’, उनले भने, ‘छानबिन गर्ने निकाय केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग छन् ।’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनका लागि गरेको बार्गेनिङको अडियो सार्वजनिक भएको १२ घण्टा नबित्दै बिहीबार बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । दुई वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका बाँस्कोटाको राजीनामा बिहीबार नै स्वीकृत भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसीका विषयमा अर्को बैठककमा छलफलपछि निर्णय गर्ने भएको छ । शनिबार अपरान्ह बसेको नेकपा सचिवालय बैठकमा नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गरेपनि सामान्य छलफल मात्रै भएको नेताहरुले बताएका छन् ।
शनिबारको बैठकमा प्रतिवेदनमाथि सामान्य छलफल भएको र अर्को बैठकमा पुनः छलफलपछि निर्णयमा पुग्ने उनले बताए । नेकपाभित्र विवादित बनेको एमसीसी अध्ययनका लागि नेकपाले बनाएको एमसीसी कार्यदलले गत शुक्रबार नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको थियो । खनाल नेतृत्वको कार्यदलले एमसीसी सम्झौता सच्चाएरमात्रै स्वीकार गर्नुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण