बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँ : काठमाडौँको बालाजुस्थित गंगाहल अगाडि गएराति ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार व्यक्ति भने गम्भीर घाइते भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माछापोखरीबाट बालाजुतर्फ आउँदै गरेको बा२ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा७८प १४० नम्बरको मोटरसाइकल शनिबार राति सवा ११ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक नुवाकोट, ३५ किलो घर भएका २२ वर्षीय निखिल तामाङ र पछाडि सवार सोही ठाउँका २२ वर्षकै रुपेश तामाङलाई उपचारको लागि महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो ।
उपचारकै क्रममा निखिलको आइतबार बिहान सवा ५ बजे मृत्यु भएको महाशाखाले जनाएको हो । ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण