टिपरको ठक्करबाट दुई जना घाइते
आइतबार, ११ फागुन २०७६, १२ : ३२
नुवाकोट । नुवाकोटमा आइतबार टिपरको ठक्करबाट दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार बेलकोटगढी नगरपालिका–५ कोल्पुटारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका हुन् । बिहान ९ बजे बा४ख ३०१७ नम्बरको टिपरले बा९२प १११९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइते हुनेमा मोटरसाइकल चालक कास्कीको पोखरा महानगरपालिका–१३ घर भई नुवाकोट बस्दै आएका ३२ वर्षीय भरतप्रसाद बराल र पछाडी सवार नुवाकोटको बेलकोटगढी नगरपालिका–४ का ३० वर्षीय दिपक पुडासैनी छन् ।
घाइतेहरुलाई उपचारको लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीको भनाइ छ ।
ठक्कर दिने टिपरसहित चालकलाई प्रहरी चौकी तारुकाले नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
-
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण