कोरोना सङ्क्रमणबाट इटालीमा ४ जनाको मृत्यु
रोम । इटालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको हो ।
इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले मुलुकभर आइतबारसम्ममा १५० जनाभन्दा बढीलाई कोरोना सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ । युरोपमै इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमित व्यक्ति देखिएका छन् ।
लोम्बार्डीका १० वटा तथा छिमेकी भेनिटो शहर गाउँलाई अन्य क्षेत्रबाट अलग्याइएको छ र झण्डै ५० हजार मानिसलाई अन्यत्र जान दिइएको छैन । स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।
कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगन गरिएका छन् । मिलानको निकै लोकप्रिय ला स्कालामा संचालित ओपेराहरु रद्द गरिएका छन् । इटालीमा सबैभन्दा बढी कोरोना सङ्क्रमितहरु लोम्बार्डीमा भेटिएका छन् । अधिकारीहरुले पहिलो कोरोना संक्रमित ३८ वर्षीय व्यक्तिमाथि कडा निगरानी गरिएको बताएका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण