सडकबाट उद्धार गरिएका ७ जनाको मृत्यु
काठमाडौं : बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९ को उद्धार गरिएको र तीमध्ये ५८८ जनालाई परिवारसँग पुनःमिलन गराइएको जानकारी गराएको छ ।
मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हालसम्मको अवधिमा ७४९ व्यक्तिलाई उद्धार गरिएको बताए । यीमध्ये ६९६ लाई काठमाडौँ महानगरपालिका क्षेत्रभित्रबाट र ५३ लाई अन्य नगरबाट उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये ७३ जनाको स्थायी ठेगाना कामपा हो । पैँतालीस जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । तथ्याङ्क प्रस्तुत गर्दै अधिकारीले भने, “सत्तरीको स्क्रिनिङ हुन बाँकी छ, ५१ जनालाई आश्रम स्थानान्तरण गरिएको छ भने सातको मृत्यु भएको छ ।”
काठमाडौँमा मागेर गुजारा चलाउनेलाई व्यवस्थापन गर्ने महानगरको अभियानलाई थप व्यवस्थित गर्न सङ्घीय सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र मानवअधिकारका पक्षमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिसँग बसेर आगामी कार्यक्रम अघि बढाइने काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
सडकलाई बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त बनाउन गठित मूल समारोह समितिको संयोजक एवं महानगर प्रमुख शाक्यले बेसहारा एवं समस्यामा परेका बालबालिका, महिला र ज्येष्ठ नागरिकका लागि काम गर्ने मन्त्रालय र मानवअधिकारका सवालमा काम गर्ने सङ्घसंस्थाका प्रतिनिधिले देखेको समाधानको बाटो बुझेर अभियानलाई अघि बढाउनुपर्ने बताए ।
यसका लागि गाँस, बास र कपासका लागि खर्च दिन महानगर तयार रहेको भन्दै उनले बस्ने घर हुँदाहुँदै, बस्ने घर र खाने व्यवस्थाको जोहो गर्न सक्ने क्षमता हुँदाहुँदै सडकमा आएर समस्या सिर्जना नगर्न पनि प्रमुख शाक्यले सम्बन्ध भएका सबैसँग आग्रह गरे ।
उद्धार गरिएका व्यक्तिको अवस्था हेरेर स्क्रिनिङ सेन्टरमा कम्तीमा पाँच दिन र बढीमा ७० दिनसम्म राख्ने गरिएको छ । यसरी सडकबाट उठाइएका व्यक्तिमा १६ वर्षमाथि ४० वर्षभन्दामुनि पुरुष र महिला दुवै उमेर समूहका व्यक्ति बढी छन् ।
तीमध्ये पनि रक्सी र लागुऔषधको प्रयोगकर्ता धेरै छन् । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक प्रहरीको कार्यक्षेत्रसँग सम्बन्धित काममा आफूले सहयोग पु¥याउन सक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण