क्रान्तिकारीको सम्मेलन : न सहमति न चुनाव !
काठमाडौं–सम्मेलन शुरु भएको ६ दिन पुग्दा पनि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको विषय टुंगिएको छैन । दावेदारहरुवीच सहमति नुजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय त भएको छ, तर प्रक्रिया अगाडि बढेको छैन् ।
सहमतिको प्रयास अहिले पनि जारी छ । यसैका लागि निर्वाचन कार्यतालिका पटक–पटक परिवर्तन भएको छ । हिजो नै गर्ने भनिएको उम्मेदवार मनोनयन कार्यतालिका अहिलेसम्म अगाडि बढेको छैन ।
गत भदौ ७ गतेबाट माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको एकताको २१औं राष्ट्रिय सम्मेलन सुरु भएको थियो । बन्द सत्रका काम सकिएपछि नेतृत्व चयन प्रक्रिया शुरु भएकोे थियो । तर, सहमति प्रयासले यसलाई पछाडि धलेक्दै लगेको छ । अव तेस्रो पटक नयाँ कार्यतालिका आउन थालेको छ ।
विधान र प्रतिवेदन सर्वसम्मत पास भइसकेको छ । तर नेतृत्व छनौटमा भने अहिलेसम्म अनिश्चित बनेको छ ।
हिजोसम्म सर्वसम्मत नेतृत्व चयन गर्न भएको पहल असफल भएपछि नेतृत्वकोलागि उम्मेदारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको थियो । आज बिहान प्रचण्ड निवास लाजिमपाटमा दुई जना उम्मेदारसंग बसेर भएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनमा जाने निश्चित भएको छ ।
आज नामावली सार्वजनिक गर्ने तयारीमा रहेको छ निर्वाचन आयोग । आयोगले अहिले सम्म नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन ।
अब निर्वाचनमा भने दुई जना भिड्ने भएका छन् । अनिल शर्मा र रन्जित तामाङ ।
दुई जना अध्यक्षमा भिडेपनि निर्वाचनमा जादा भने प्यानल बनाउन नपाइने भएको छ ।
अध्यक्षमा अनिल शर्मा र रन्जित तामाङ भिड्ने भएपछि अन्यपदकोलागि भने अहिले सम्म फिक्स भएको छैन । किर्तिपुरमा अहिले आफ्नो पक्षमा भोट माग्न पनि विद्यार्थीहरु सकिरहेका छैनन ।
देशभरबाट आएका दुई हजार बढी प्रतिनीधि केही घर फर्कन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण