मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

क्रान्तिकारीको सम्मेलन : न सहमति न चुनाव !

सोमबार, १२ भदौ २०७४, १३ : ३४
सोमबार, १२ भदौ २०७४

काठमाडौं–सम्मेलन शुरु भएको ६ दिन पुग्दा पनि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयनको विषय टुंगिएको छैन । दावेदारहरुवीच सहमति नुजुटेपछि निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय त भएको छ, तर प्रक्रिया अगाडि बढेको छैन् ।

सहमतिको प्रयास अहिले पनि जारी छ । यसैका लागि निर्वाचन कार्यतालिका पटक–पटक परिवर्तन भएको छ । हिजो नै गर्ने भनिएको उम्मेदवार मनोनयन कार्यतालिका अहिलेसम्म अगाडि बढेको छैन । 

गत भदौ ७ गतेबाट माओवादी केन्द्रको भातृसंगठन अखिल क्रान्तिकारीको एकताको २१औं राष्ट्रिय सम्मेलन सुरु भएको थियो । बन्द सत्रका काम सकिएपछि नेतृत्व चयन प्रक्रिया शुरु भएकोे थियो । तर, सहमति प्रयासले यसलाई पछाडि धलेक्दै लगेको छ । अव तेस्रो पटक नयाँ कार्यतालिका आउन थालेको छ । 

विधान र प्रतिवेदन सर्वसम्मत पास भइसकेको छ । तर नेतृत्व छनौटमा भने अहिलेसम्म अनिश्चित बनेको छ । 

हिजोसम्म सर्वसम्मत नेतृत्व चयन गर्न भएको पहल असफल भएपछि नेतृत्वकोलागि उम्मेदारी दर्ता गर्ने तालिका सार्वजनिक गरेको थियो । आज बिहान प्रचण्ड निवास लाजिमपाटमा दुई जना उम्मेदारसंग बसेर भएको सहमतिको प्रयास असफल भएपछि निर्वाचनमा जाने निश्चित भएको छ ।

आज नामावली सार्वजनिक गर्ने तयारीमा रहेको छ निर्वाचन आयोग । आयोगले अहिले सम्म नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । 
अब निर्वाचनमा भने दुई जना भिड्ने भएका छन् । अनिल शर्मा र रन्जित तामाङ । 

दुई जना अध्यक्षमा भिडेपनि निर्वाचनमा जादा भने प्यानल बनाउन नपाइने भएको छ । 
अध्यक्षमा अनिल शर्मा र रन्जित तामाङ भिड्ने भएपछि अन्यपदकोलागि भने अहिले सम्म फिक्स भएको छैन । किर्तिपुरमा अहिले आफ्नो पक्षमा भोट माग्न पनि  विद्यार्थीहरु सकिरहेका छैनन । 

देशभरबाट आएका दुई हजार बढी प्रतिनीधि केही घर फर्कन थालेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप