कास्कीमा नेविसंघको चरणबद्ध आन्दोलनः १२ वटा सरकारी गाडी नियन्त्रणमा, ठाउँ–ठाउँमा चक्काजाम
मङ्गलबार, १३ फागुन २०७६, १४ : ३२
पोखरा । आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघले मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन थालेको छ । सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता फसाउन खोजको भन्दै नेविसंघले आन्दोलन थालेको हो ।
नेविसंघले पोखरा छिर्ने मुख्य नाका पियु चोक, महेन्द्रपुल, नालामुख लगायतका ठाउँमा टायरबालेर विरोध जनाएको छ । बिहान करिब १० बजेतिर पिएन क्याम्पसमा प्रहरी र नेविसंघबीच हानाहान हुँदा नेविसंघकका सुजन लामिछाने गम्भिर घाइते भएका थिए । उनको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

पिएनमा ढुंगा हानाहानपछि नेविसंघले कोणसभा पनि गरेको थियो । कोणसभामा आफ्ना कार्यकर्तालाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै वक्ताहरुले कडा आलोचना गरेका थिए । नियन्त्रणमा लिइएको गाडीमध्ये एउटा गाडी गण्डकी प्रदेशका मन्त्रीको रहेको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सरोज केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण