कास्कीमा नेविसंघको चरणबद्ध आन्दोलनः १२ वटा सरकारी गाडी नियन्त्रणमा, ठाउँ–ठाउँमा चक्काजाम
मङ्गलबार, १३ फागुन २०७६, १४ : ३२

पोखरा । आफ्ना कार्यकर्ता पक्राउ परेको विरोधमा नेविसंघले मंगलबारदेखि चरणबद्ध रुपमा आन्दोलन थालेको छ । सत्ता र शक्तिको आडमा आफ्ना कार्यकर्ता फसाउन खोजको भन्दै नेविसंघले आन्दोलन थालेको हो ।
नेविसंघले पोखरा छिर्ने मुख्य नाका पियु चोक, महेन्द्रपुल, नालामुख लगायतका ठाउँमा टायरबालेर विरोध जनाएको छ । बिहान करिब १० बजेतिर पिएन क्याम्पसमा प्रहरी र नेविसंघबीच हानाहान हुँदा नेविसंघकका सुजन लामिछाने गम्भिर घाइते भएका थिए । उनको अहिले मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
पिएनमा ढुंगा हानाहानपछि नेविसंघले कोणसभा पनि गरेको थियो । कोणसभामा आफ्ना कार्यकर्तालाई नियोजित रुपमा फसाउन खोजिएको भन्दै वक्ताहरुले कडा आलोचना गरेका थिए । नियन्त्रणमा लिइएको गाडीमध्ये एउटा गाडी गण्डकी प्रदेशका मन्त्रीको रहेको नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सरोज केसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै खुलेन
-
जलवायु अनुकूलन कार्यक्रमहरू लागू गर्दै अघि बढ्नुको विकल्प छैन: वनमन्त्री ठकुरी
-
एमालेका दुई युवा नेताको टिप्पणी : दुई बुँदे सहमतिले माओवादी र पलेँटी आन्दोलनले रास्वपालाई धूलिसात् बनायो
-
‘रुग्ण उद्योग पुनर्जीवन गर्न जग्गा सरकारको र व्यवस्थापन निजी क्षेत्रको जिम्मामा हुनुपर्छ’
-
अन्योलमा धुलिखेल–खावा सडक: ठेक्का रद्दपछि पनि पुनर्निर्माण प्रक्रिया अघि बढ्न सकेन
-
हचुवाको भरमा रुग्ण उद्योगको सञ्चालन नगरौँ