अर्घाखाँचीमा सवारी दुर्घटना, २ जनाको मृत्यु
बुटवल । अर्घाखाँची जिल्लामा आज भएको सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिकाका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको हो । दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । भूमिकास्थान नगरपालिका ४ को धारापानीमा मोटरसाइकल र वडा नम्वर १० धनचौरमा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रकाश खत्रीले बताए ।
भूमिकास्थान नगरपालिका ४ को साना औवलको मिलनचोकमा लु ५६ प ९०१९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार फलामखिलका चोपलाल घर्तीको ज्यान गएको छ । दुर्घटनामा गम्भीर घाइते भएका घर्तीको उपचारको लागि सन्धिखर्क ल्याउँदै गर्दा ज्यान गएको छ । घटनामा मोटरसाइकल चालक नविन आले र स्थानीय लक्ष्मी सुनार घाइते भएका छन् । घाइते दुवै जनाको उपचार भइरहेको छ ।
त्यस्तै, भूमिकास्थान नगरपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा ट्रयाक्टर चालकको ज्यान गएको छ । दुर्घटनामा ट्रयाक्टर चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका ११ का डिभर्ना बस्ने २४ वर्षीय दिनेश विश्वकर्माको घटनास्थलमै ज्यान गएको हो । भूमिकास्थान नगरपालिका १० धनचौरको देउरालीतर्फ जाँदै गरेको लु ४ त ४५३९ नम्बरको ट्रयाक्टर चिप्लो बाटोमा उकालोमा तान्न नसक्दा दुर्घटनामा भएको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण