निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा, १० जनालाई मलेशिया भ्रमणको मौका
काठमाडौं– निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको बिजेता घोषणा भएको छ । लक्की ड्रद्वारा १० जना भाग्यशाली बिजेताहरुले मलेशिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्राम सुनको सिक्का पाएका छन् ।
नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनी पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो ।
उक्त योजना अन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिने मौका पाएका थिए । सोहि स्किमको विजेताहरुको घोषणा फाल्गुन १३ गते पायोनियर मोटो कर्पको थापाथली स्थित शोरुममा भएको थियो ।
उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यवाद ब्यक्त गरेका थिए ।
हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स(ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाडैनै निसानको नया इलेकट्रिक गाडी लीफपनि नेपालमा भित्राउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासी बस्ती विस्थापन र पीडितको पुनर्स्थापनाबारे जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण