अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
सारांश
- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शनिबार अमेरिका भ्रमणमा जाने भएका छन् ।
- भ्रमणका क्रममा उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने इच्छा राखेका छन् ।
- इजरायल हाल अमेरिकाको सहयोगमा इरानविरुद्धको सैन्य अभियानमा तथा लेबनानमा हिजबुल्लाह समूहविरुद्ध लडिरहेको छ ।
जेरुसलेम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु शनिबार अमेरिका भ्रमणमा जाने भएका छन् । एक वरिष्ठ इजरायली अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले बुधबार उक्त कुराको जानकारी दिएको हो ।
ती अधिकारीका अनुसार नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने इच्छा राखेका छन् । तर दुवै नेताबिच भेटवार्ता हुने वा नहुनेबारे अझै निश्चित भइसकेको छैन । पश्चिम एसियामा जारी पछिल्लो द्वन्द्वका क्रममा इजरायल दुई मोर्चामा सक्रिय रहेको छ ।
अमेरिकासँग मिलेर इरानविरुद्धको सैन्य अभियानको साथै इजरायल इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध लेबनानमा पनि लडिरहेको छ । गत महिना अमेरिका र इरानबिच भएको अन्तरिम सहमति अन्तर्गत इरानले लेबनानमा जारी युद्ध अन्त्य हुनुपर्ने माग गरेको थियो । तर अमेरिका र इरानबिच पुनः सैन्य भिडन्त सुरु भएपछि उक्त सहमति प्रभावहीन बनेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण