‘नेपाल स्टार’ को बैंकिङ्ग पार्टनरमा सिद्धार्थ बैंक
काठमाडौं– नेपालकै पहिलो रियालिटी शो ‘नेपाल स्टार’ को बैकिङ्ग पार्टनर सिद्धार्थ बैंक बनेको छ ।
‘हामी नेपाली हाम्रो आवाज’ नाराका साथ नेपाल टेलिभिजनबाट शुरु हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारको बैकिङ्ग पार्टनरको रुपमा नेपालको प्रतिष्ठित बैंक सिद्धार्थ बैंक बनेको हो । एक समारोहबीच नेपाल स्टार आयोजक कि एड्भर्टाइजिङ्ग र बैकिङ्ग पार्टनर सिद्धार्थ र्बैकबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
साथै, कार्यक्रम प्रस्तोताका रुपमा नेपाल टेलिभिजन(एनटिभी)का महाप्रबन्धक गोविन्द रोक्काले समेत सहमतिमा ऐक्यवद्धता जनाएका छन् ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै कार्यक्रम अयोजक कि एड्भर्टाइजिङ्गका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजालले पछिल्लो समयमा नेपालमा फ्रेन्चचाइज शो चर्चामा रहेकोमा नेपाल टेलिभिजले आफ्नै उत्पादनमा सातै प्रदेशलाई समेटेर नेपालकै पहिलो रियालिटी शो नेपाल स्टार ल्याउन सफल भएको बताए । राष्ट्रिय कार्यक्रमको रुपमा प्रशारणमा आउन लागेको यस कार्यक्रमले नेपालको स्टार जन्माउने उनले बताए ।
नेपाल स्टार नेपालको सातै प्रदेश र काठमाडौंमा समेत गरी ८ स्थानमा अडिसन भएको र अब छिट्टै एनटिभीबाट प्रसारण हुने समेत उनले बताए । टेलिभिजन च्यानलको अत्याधुनिक प्रबिधि प्रयोग गरि उत्पादन र प्रशारण गरिने कार्यक्रम हो नेपाल स्टार ।
नेपाल टेलिभिजन नेपाल स्टारलाई देशकै स्टारको रुपमा स्थापित गराउने प्रयासका साथ देशभर लोकप्रिय टेलिभिजन नेपालभर सबैभन्दा बढी हेरिने टेलिभिजन हो । स्पष्ट र बुलन्द आवाजमा फुल एचडी मा प्रशारण नेपाल टेलिभिजनको यस कार्यक्रममा सिद्धार्थ बैंकलाई स्वागत गर्न पाउँदा नेपाल टेलिभिजन गौरवान्वित छ र सधै यस्ता कार्यक्रममा सिद्धार्थ र्बैकलाई सदैव स्वागत गर्दछ नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्काले भने ।
प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले भने, ‘श्ुारुवाती दिनमै सफलताको पाइलामा अगाडि बड्न सफल नेपाल टेलिभिजनबाट प्रशारण हुने नेपाल स्टारमा बैंकिङ्ग पार्टनरको रुपमा सहकार्य गर्न पाउँदा सिद्धार्थ बैक गौरव महशुस गर्दछ ।’ उनले यो सम्बन्धलाई सदैव अगाडि बढाउन सिद्धार्थ बैंक तयार रहेको र यस किसिमका राष्ट्रिय स्तरको कार्यक्रमबाट देशको कुना कन्दरामा रहेका, तर अवसर नपाएका प्रतिभावानहरुलाई अवसर दिइनुपर्ने उनले बताए ।
गायनबाट उत्कृष्ट गायन छान्ने यस कार्यक्रमले कलाको उच्च कदर गर्ने कुरा नेपाल स्टारको निर्यायक वरिष्ठ संगीतकार आलोकश्रीले बताए । आज कलाले कदर पाउन थालेको छ र कलाको माग दिनानुदिन बढेदै गइरहेको अवस्थामा हामी राष्ट्रिय कलाकारको खोजिमा निस्केका छोै यस महान अभियानमा बरिष्ठ गायक गायिका रामकृष्ण ढकाल र अन्जु पन्त सहितको हाम्रो टिमले मुर्धन्य कलाकारको खोजि गर्नेछ ।
सुन्दर समयमा नेपाल टेलिभिजनबाट प्रशारण हुन लागेको यो कार्यक्रमले नव आगन्तुक कलाकारलाई स्वागत गर्नेछ अन्जु पन्तले भनिन् । कार्यक्रमले निश्चय पनि राम्रो कलाकार जन्माउन सफल हुने र यही प्रयासस्वरुप लागि परेको गायक रामकृष्ण ढकालले बताए ।
कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डल, बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, कि इन्टरटेनमेन्टका अध्यक्ष, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत लगायत अन्यको उपस्थित रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण