राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव छैन: देव गुरुङ (भिडियो सहित)
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताएका छन् । संवाद डबलीमा भएको शाक्षत्कारमा उनले अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भएपनि राष्ट्रिय सहमति नबन्दासम्म सम्भव नभएको बताएका हुन् । उनले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए ।
संविधान संशोधनका लािग नेकपा सचिवालयले कार्यदल नै गठन गरेको थियो । तर पार्टी भित्र र बाहिरबाट यसको विरोध भएपनि भङ्ग गरिएको छ । राष्ट्रियसभा सदस्यपनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न खोजिएको भन्दै विरोध भएको थियो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा कार्यदलको सुझाव अनुसार नै सचिवालयले निर्णय गर्ने उनले बताए । पार्टीको स्थायी समिति बैठक र केन्द्रीय समिति बैठकमा उठेका कुराहरु समेटेर कार्यदलले अध्ययन गरेको र सुझाव पेश भएको उनले बताए । राष्ट्रिय हित अनुकूल बनाएर एमसीसी सम्झौता सचिवालयबाट पारित हुनेमा आफु विश्वस्त रहेको उनले बताए ।
मसीसीका विषयमा नेकपाभित्र र बाहिर विवाद बढ्दै गएपछि अध्ययनका लागि कार्यदल बनेको थियो । अध्ययन कार्यदलले आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गरिसकेको छ । अब नेकपा सचिवालयले निर्णय गरेपछि संसदबाट पारित गर्ने÷नगर्ने विषय टुंगो लाग्नेछ । एमसीसीमा रहेका कतिपय बुँदाहरु राष्ट्रिय हित विपरित भएको भन्दै विरोध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण