राष्ट्रियसभामा दोहोरिनेबारे अर्थमन्त्री: २१ गते शपथग्रहण छ, त्यहीँ दिन भेटौंला
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले राष्ट्रियसभा सदस्यमा दोहोरिने वा नदोहोरिने भन्ने सम्बन्धमा के हुन्छ भन्ने जिज्ञासा राखेर हतार नगर्न सञ्चारकर्मीलाई सुझाव दिएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले २१ गते राष्ट्रियसभाका सदस्यहरुको शपथ ग्रहण भएको भन्दै त्यही दिन आफू दोहोरिने कि नदोहोरिने भन्ने थाहा हुने बताए ।
‘मेरै बारेमा कुरा उठाउनुभएछ, राष्ट्रियसभा । तर तपाईँहरु अलिक हतार गर्दै हुनुहुन्छ । २१ गते शपथ ग्रहण छ, त्यही दिन भेट हुन्छ, भेट नभए पनि कुराकानी भइहाल्छ ।’
अहिले राष्ट्रियसभा सदस्य को बन्ने भन्ने सम्बन्धमा राजनीतिक माहौल तातेको छ । सत्तारुढ नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई सदस्यमा लैजाने गरी सहमति गरेको छ । तर प्रधानमन्त्री केपी शर्माओलीले सचिवालयको निर्णय नमान्ने र खतिवडालाई नै पुनः सदस्यका लागि सिफारिस गर्ने नेकपाका नेताहरुसँग बताउँदै आएको बताइन्छ ।
यो सम्बन्धमा सोधिएको प्रश्नबारे बताउँदै उनले भने– ‘यसबारे थप जवाफ दिनुपर्ने आवश्यकता मैले देखेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण