ईयूले नेपाली पश्मिना र कफी उत्पादनमा १ अर्ब लगानी गर्ने

यूरोप–नेपाल व्यापार तथा लगानी कार्यक्रम (टीआईपी)अन्तर्गत यूरोपेली संघ (ईयू)ले नेपालको कफी र पश्मिना उत्पादनको क्षेत्रमा रू. १ अर्ब लगानी गर्ने भएको छ । टीआईपी कार्यक्रमको चौथौं वर्षमा ईयूले नेपाली पश्मिना र कफी क्षेत्रको उत्पादन प्रवद्र्धनमा सहयोग गर्ने बताएको हो ।
सहयोग राशिमध्ये अन्तरराष्ट्रिय व्यापार केन्द्रले रू. ६२ करोड ६१ लाख उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपालस्थित यूरोपेली संघको कार्यालयले संयुक्त रूपमा रू. ३७ करोड ५७ लाख खर्च गर्नेछन् ।
अन्तरराष्ट्रिय व्यापार केन्द्रले बिहीवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ईयूले नेपाली कफी र पश्मिना क्षेत्रमा उत्पादनदेखि बजार पहुँचसम्मको कार्यक्रममा लगानी गर्ने बताएको हो । ईयू र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको बीचको साझेदारीमा उक्त कार्यक्रम कार्यन्वयनमा आउनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी सेनाद्वारा आफ्नो एउटा विमानमा 'सामान्य क्षति' भएको स्वीकार
-
सेयर बजारले खोजेको गभर्नर कस्तो ?
-
स्वयम्भूनाथमा बौद्धमार्गीको घुइँचो, तस्बिरहरू
-
गेटा अस्पतालले माग्यो जनशक्ति
-
लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य
-
बुद्धले ‘मैले भनेको भन्दैमा विश्वास नगर’ भनेर कहाँ र कुन परिवेशमा भनेका थिए ?