वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीसँग मात्रः संयोजक मिश्रा
लुम्बिनी । साझा पार्टीका संयोजक रवीन्द्र मिश्राले नेपालको वैकल्पिक राजनीतिको उर्जा साझा पार्टीभित्र मात्र रहेको दाबी गरेका छन् । लुम्बिनीमा आयोजित साझा पार्टीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मिश्रले काँग्रेस, कम्युनिस्टलगायतका दलहरु सुसंस्कृत राजनीति नगरेको कारण त्यसबाट अत्तालिएर नेपाली जनता वैकल्पिक राजनीतिको खोजी गर्न थालेको बताएका हुन् ।
उनले दोस्रो राष्ट्रिय भेलामार्फत् साझा पार्टी भ्रष्टाचार निर्मूलीकरण तथा सुसंस्कृत राजनीतिको एजेण्डालाई बटमलाइन बनाइ जनतामाझ जान कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।
भ्रष्टाचारकै कारण कम्युनिष्ट नेतृत्व सरकार ढल्ने प्रबल सम्भावना बढेको हुँदा त्यसपछि सुशासन तथा सुसंस्कृत राजनीतिलाई स्थापित गर्न साझा पार्टीबाहेक अरु कसैले गर्न नसक्ने उनले दाबी गरे ।
कार्यक्रममा साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बुद्धजन्मस्थल लुम्बिनीबाट नेपाली राजनीतिमा नयाँ आयाम थपेर फरक धारबाट वैकल्पिक राजनीतिको उर्जा प्रदान गर्न चाहेको बताए ।
सो अवसरमा राजनीतिक मामिला प्रमुख मुमाराम खनाल, संगठन विभाग प्रमुख केशव दाहाल, सांसद शोभा शाक्य लगायतले धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
-
नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
-
नारायणीमा एक वर्षमा साढे छ किलोमिटर तटबन्ध
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
रौतहट प्रहरीद्वारा एकै दिन ९ जना फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण