ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
विराटनगर । विराटनगरस्थित सौर्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक पवन झा ठगी आरोपमा पक्राउ परेका छन् । सप्तरी स्थायी घर भई विराटनगरमा बस्दै आएका झालाई जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार नियन्त्रणमा लिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० मकेन्द्र कुमार मिश्रले झालाई ठगी सम्बन्धी कसुरमा पक्राउ गरिएको पुष्टि गरे । ‘झालाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ,’ डीएसपी मिश्रले भने, ‘थप तथ्यहरू अनुसन्धानपछि खुल्नेछन् ।’
झाले धेरै व्यक्तिहरूलाई ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको थियो । प्रशासन कार्यालयले उनलाई नियन्त्रणमा लिएर थप कानुनी कारबाही र अनुसन्धानका लागि मोरङ प्रहरीको जिम्मा लगाएको हो ।
प्रहरीका अनुसार उनीविरुद्ध १ लाखदेखि ६ लाख रुपैयाँसम्म ठगीमा परेका पीडितहरूले उजुरी दिएका छन् । उनीमाथि ठगीका विषयमा अनुसन्धान सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण