दिल्ली हिंसाप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा दुःख व्यक्त, गान्धीको विचार मनन गर्न आग्रह
नयाँदिल्ली । दिल्ली हिंसाप्रति दुःख व्यक्त गर्दै संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले भारतको लागि महात्मा गान्धीको विचार पहिलेभन्दा बढी आवश्यक भएको बताएका छन् ।
गुटेरसका प्रवक्ता स्टेफन दुजारिकले बिहीबार पत्रकारसँगको कुराकानीमा दिल्ली हिंसामा भएको हताहतीबाट संयुक्त राष्ट्र संघका महासचिव ‘धेरै दुःखी’ रहेको जानकारी दिए ।
उनले हिंसाका घटनामा अत्यधिक संयम अपनाउन अपील पनि गरेका छन् ।
दिल्लीको उत्तर–पूर्वी क्षेत्रमा भड्किएको साम्प्रदायिक हिंसा विगत केही दिनदेखि जारी छ ।
दुजारिकले भने, ‘दिल्लीमा विरोध प्रदर्शनपछि मानिसको हताहती भएको रिपोर्टबाट संयुक्त राष्ट्र संघका प्रमुख निक्कै दुःखी छन् । उनले हिंसालाई रोक्नको लागि अधिकतम संयम अपनाउन अपील गरे ।’
उनले भने, ‘महासचिव गुटेरस जीवनभर गान्धीको विचारबाट प्रभावित रहे । आज गान्धीको विचार पहिलेभन्दा बढी आवश्यक देखिएकाो छ, यो समुदायबीच मेलमिलाप कायम गर्न अनिवार्य छ ।’
यसअघि दुजारिकले नयाँ दिल्लीको परिस्थितिमा गुटेरस नजिकबाट ख्याल गरिरहेको र प्रदर्शनकारीले शान्तिपूर्ण प्रदर्शनको अनुमती दिनुपर्ने र सुरक्षाबलले संयमता अपनाउनुपर्ने बताए ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले बिहिबार सुरक्षा निकाय हिंसा रोक्न, विश्वास पुनरवहाली गर्न र स्थिति सामान्य बनाउन काम गरिरहेको बताएका छन् ।
दिल्लीमा नागरिकता संशोधन विधेयकलाई लिएर भड्कीएको हिंसामा हालसम्म ४० भन्दा बढी मानिसको मत्यु भएको छ भने ३०० बढी घाइते भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान दुवै पक्ष फेरि पुरानै अवस्थातर्फ, युद्ध अन्त्य गर्न संघर्षरत ट्रम्प
-
प्रतिवेदन लेख्न बादल नेतृत्वको कार्यदलले गर्यो ढिलाइ
-
चार वर्ष पुग्न लाग्दा सुदूरपश्चिम प्रदेश सभाबाट १५ ऐन प्रमाणीकरण, ८ विधेयक अझै समितिमै
-
जलवायुजन्य विपद्का कारण नेपालमा बर्सेनि अर्बौँको क्षति, गैर-आर्थिक नोक्सानीको तथ्याङ्क राख्न विज्ञहरूको जोड
-
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
-
संसदीय समितिमा बहस, ‘घरायसी र व्यावसायिक ग्यासको रङ फरक गरौँ, लक्षित वर्गलाई मात्र अनुदान दिऊँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण