ललिता निवास प्रकरण : राजदूत पौडेल फिर्ता बोलाइए
सोमबार, १९ फागुन २०७६, ०६ : ३५
चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई फिर्ता बोलाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।
ललिता निवास प्रकरणमा राजदूत पौडेलको नाम जोडिएपछि उनलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
त्यसैगरी बैठकले एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौं महानगरपालिकामा पदस्थापन गरेको छ भने महानगरीय कार्यकारी अधिकृत केदार न्यौपानेलाई भूमि सुधार मन्त्रालयमा सरुवा गरिएको छ ।
भूमि सुधारका सूर्य गौतमलाई संघीय मामिला र त्यहाँका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ । स्वास्थ्य मन्त्रालयका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण