दिल्ली हिंसाः नहरमा भेटिए ४ शव, मृतकको संख्या ४६ पुग्यो
भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव बरामद गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या४६ पुगेको छ । यससँगै २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ ।
यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ ।
यतिबेला बटाला हाउस इलाकामा शाह मस्जिद नजिकै भएको भागदौडमा २८ वर्षका एक व्यक्तिको मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ ।
यद्यपि, एएसआई अशोक कुमारले भागदौडका कारण ती युवकको मृत्यु नभएको बताएका छन् ।
उनले भने, ‘ती व्यक्तिले सडकमा अपरिचित व्यक्तिलाई भेटेकाम थिए । मानिसहरुले उनलाई अस्पताल पुर्याए । भागदौडका कारण मृत्यु भएको भन्दै हाम्रोमा केही जानकारी नै आएको छैन । अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण