दिल्ली हिंसाः नहरमा भेटिए ४ शव, मृतकको संख्या ४६ पुग्यो

भारतीय पुलिसले आइतबार दुई नहरबाट चारवटा शव बरामद गरेको छ । मृतकको पहिचान हुन सकेको छैन । यससँगै हिंसामा मृत्यु हुनेको संख्या४६ पुगेको छ । यससँगै २ सय बढी घाइते भएका छन् । पुलिसले आइतबार कुनै पनि हिंस्रक घटना सार्वजनिक नभएको बताएको छ ।
यद्यपि, दिल्लीका थुप्रै इलाकामा आइतबार बेलुकी स्थिती तनावग्रस्त भएको अपुष्ट खबर सोसल मिडियामा सार्वजनिक भएपछि मानिसहरुबीच भागदौड मच्चिएको छ ।
यतिबेला बटाला हाउस इलाकामा शाह मस्जिद नजिकै भएको भागदौडमा २८ वर्षका एक व्यक्तिको मृत्यु भएको बीबीसी हिन्दीले बताएको छ ।
यद्यपि, एएसआई अशोक कुमारले भागदौडका कारण ती युवकको मृत्यु नभएको बताएका छन् ।
उनले भने, ‘ती व्यक्तिले सडकमा अपरिचित व्यक्तिलाई भेटेकाम थिए । मानिसहरुले उनलाई अस्पताल पुर्याए । भागदौडका कारण मृत्यु भएको भन्दै हाम्रोमा केही जानकारी नै आएको छैन । अनुसन्धान भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
-
बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
-
स्वदेशमै रोक्न युवा केन्द्रित नीति जरुरी छ : सांसद श्रेष्ठ