कोरोनाको त्रासः इरानबाट गएकाहरुलाई क्यानडामा घरमा अलग बस्न आह्वान
मङ्गलबार, २० फागुन २०७६, १५ : ५२

एजेन्सी । कोरोना भाइरस महामारीले ग्रस्त देशहरूमध्ये इरानबाट आएका यात्रुहरुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीहरूले क्यानाडालीहरूलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक यात्रा गर्नबाट जोगिन आग्रह गरेका छन् । चीन कोरोना भाइरसको सङ्क्रमणको प्रमुख केन्द्रका रूपमा देखा परेको छ ।
यस कोरोना भाइरसबाट इरानमा ६६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । यस कोरोना भाइरसबाट इरानमा १ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका पनि पुष्टि भएको छ । क्यानाडाका धेरैजसो घटनाहरू इरानको प्रकोपसँग जोडिएको क्यानाडाका प्रमुख चिकित्सा अधिकारी थेरेसा टमले पत्रकारलाई बताएका छन् ।
क्यानाडामा सोमबार साँझसम्म २७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको पनि ती अधिकारीहरुले जानकारी दिएका थिए । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर