‘प्रेम गीत ३’ ट्रेलर : प्रदीप, शिव, सुनिल डरलाग्दो गेटअप
काठमाडौं । फिल्म ‘प्रेम गीत ३’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मका केही मुख्य अंश समेटेर फिल्मको ट्रेलर आएको छ ।
ट्रेलरमा अभिनेता प्रदीप खड्का, शिव श्रेष्ठ, सुनिल थापा लगायतका कलाकार फरक अवतारमा देखिएका छन् । ट्रेलरमा भब्य गेटअफमा देखिएका कलाकारको भेषभुसा डरलाग्दो र दर्शक लोभ्याउने खालको रहेको छ ।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।
आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति रहेको फिल्म चैत्र २८ गते रिलिज हुदैछ । सन्तोष सेन निर्माता रहेको फिल्म निर्माता सेन र छेतेन गुरुङले मिलेर निर्देशन गरेका हुन् ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।
करिब दुईसय बर्ष अगाडिको प्रेमकथामा निर्माण भएको फिल्म आफुले बनाएको फिल्म मध्य अहिलेसम्मकै महँगो फिल्म भएको निर्माता निर्देशक सेनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण