सञ्चार मन्त्रालयमा युवराज खतिवडाको १० दिन : के–के गरे काम ?
काठमाडौं । नयाँ मन्त्री पाएको १० दिनमै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व परिवर्तन भएको छ । तात्कालीन मन्त्री गोकुल बाँस्कोटाको अडियो टेप प्रकरणसँगै राजीनामा दिएपछि सञ्चार मन्त्रालय हेर्ने जिम्मेवारी पाएका खतिवडाले फागुन ११ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
खतिवडाले आज राष्ट्रपतिसमक्ष दिएको राजीनामा स्वीकृत भएसँगै यो जिम्मेवारीमा राष्ट्रपतिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै तोकेकी हुन् ।
१० दिनको यो अवधिमा खतिवडाले उल्लेखनीय निर्णय भने केही गरेनन् । मन्त्रालयको कार्यभार सम्हालेको दिन कर्मचारीहरुलाई सामान्य निर्देशन दिनुबाहेक यो अवधिमा खतिवडाले सरकारका प्रवक्ताको हैसियतमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरे ।
त्यस्तै यसबीचमा एकपटक मन्त्रालय अन्तर्गतका सबै निकायका प्रमुखहरुलाई बोलाएर काम कारबाहीबारे ब्रिफिङ लिएका थिए । सञ्चारमन्त्रीकै हैसियतमा उनले आजमात्रै नेपाल दूरसञ्चार प्राधिकरणको २२ औं वार्षिकोत्सवमा सहभागी समेत भए । त्यसबाहेक सञ्चार सम्बद्ध कुनैपनि कार्यक्रम र निर्णयहरुमा खतिवडाको संलग्नता रहेन ।
मन्त्रालयकी कानून महाशाखाकी सहसचिव राधिका अर्यालले योबीचमा अरु उल्लेखनीय केही काम नभएको बताइन् । ‘यो अवधिमा मन्त्रीज्यूले नियमित कामहरु मात्रै गर्नुभयो । ठूला र दीर्घकालिन महत्वका कुनै काम र निर्णयहरु भएका छैनन्’ सहसचिव अर्यालले भनिन् ।
खतिवडालाई भोलि फेरि मन्त्री पदमा नियुक्त गर्नसक्ने सम्भावना छ । त्यसो भयो भने उनले फेरि सो मन्त्रालयको जिम्मेवारी पाउनसक्ने सम्भावना भने अझै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण