डाँका मुद्दामा फरार व्यक्ति जेल चलान
मङ्गलबार, २० फागुन २०७६, २१ : ४७

डाँका मुद्दामा कैद सजाय सुनाइएका एक व्यक्ति पक्राउपछि आज जेल चलान भएका छन् । सर्वाेच्च अदालतको विसं २०७५ असार ११ गतेको फैसलाले छ वर्ष कैद र रु चार लाख २० हजार जरिवाना तोकिए पनि फरार हुँदै आएका नुवाकोटको शिवपुरी गाउँपालिका ६ का राजु थापालाई आज जेल चलान गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज काठमाडौँको मित्रनगरबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्ली बजार पठाइएको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । काठमाडौँको भिमसेनगोलामा ३२ तोला सुन डाँका गरेको मुद्दामा उनलाई दोषी ठहर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
-
बेपत्ता गोताखोरको खोजी जारी, एक जनाको शव फेला
-
सकियो हलिउड फिल्म ‘तेन्जिङ’को नेपाल छायाङ्कन
-
सप्तरीमा डकैतीपछि गोली फायरिङ र धारिलो हतियार प्रहार, एक जनाको मृत्यु, एक घाइते
-
बेपत्ता गोताखोरको बिहानैबाट खोजी सुरु
-
युएसएड बन्द भएपछि चोभार सुख्खा बन्दरगाहमा थन्किए सयौँ गाडी र मोटरसाइकल (तस्बिरहरू)